दफा ३३क
गाभ्न वा गाभिन सक्ने
(१) संस्था दर्ता ऐन, २०३४ मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम वित्तीय मध्यस्थताको काम गरिरहेको संस्थाको साधारण सभामा उपस्थित सदस्य सङ्ख्याको दुई तिहाई सदस्यहरूले अर्को संस्था आफूमा गाभ्ने वा आफ्नो संस्था अरूमा गाभिने प्रस्तावमा समर्थन गरेमा सो प्रस्ताव साधारण सभाबाट पारित भएको मानिनेछ ।
तर यस ऐन बमोजिम वित्तीय मध्यस्थताको काम नगरेको संस्थासँग गाभ्ने वा गाभिने गरी प्रस्ताव पारित गर्न पाइने छैन ।
(२) उपदफा (१) बमोजिम पारित भएको प्रस्ताव गाभिने संस्था दर्ता गर्ने कार्यालय र बैङ्कमा पेश गरी सो कार्यालय र बैङ्कबाट छुट्टाछुट्टै स्वीकृति प्राप्त भएपछि त्यस्तो संस्थाको कानूनी अस्तित्व स्वतः समाप्त भएको मानिनेछ ।
(३) उपदफा (१) बमोजिम गाभिने संस्थाको सम्पत्ति गाभ्ने संस्थामा सर्नेछ र सो संस्थाको सम्पूर्ण दायित्व गाभ्ने संस्थाले व्यहोर्नु पर्नेछ ।”